top of page
Home: Blog2
Learn More

थाइल्याण्डमाथि नेपालको सहज जित, करणको अलराउण्ड प्रदर्शन

  • Writer: omprakashacharya
    omprakashacharya
  • Oct 7, 2018
  • 1 min read

काठमाडौं । करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ ।


वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।


नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो ।


सन्दीप लाछिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । करण केसीले ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।


यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।


नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन्

त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे । यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।


अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे


थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।


करण म्यान अफ दि म्याच बने ।



Comments


Home: GetSubscribers_Widget

Subscribe

Learn More
Home: Contact

CONTACT

Butwal,Nepal

9867298423

Buddha Nepal

READ MORE

Your details were sent successfully!

bottom of page