top of page
Home: Blog2
Learn More

बैद्यद्वारा भारतसँग विद्युत सम्झौता तयारीबारे सरकारको धारणा माग

  • Writer: omprakashacharya
    omprakashacharya
  • Oct 9, 2018
  • 1 min read

४ साउन, काठमाडौं । नेकपा-माओवादीले जलस्रोतमा भारतको एकाधिकार हुने गरी सम्झौता गर्ने तयारीबारे सरकारको धारणा माग गरेको छ ।

माओवादी अध्यक्ष मोहन बैद्यले आइतबार विज्ञप्ति जारी गरी जलस्रोत विकाससम्बन्धी सम्झौता र माथिल्लो कर्णाली लगायतका परियोजनाहरुको सन्दर्भमा निर्यातमुखी पिडिए-सम्झौता गर्ने तयारी भएको खबरप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । असमान सन्धि सम्झौताहरु खारेज गर्न पहल गर्नुकासाटो निर्यातमुखी पिडिए-सम्झौता गर्ने तयारी भइरहेको र बाँकी बचेखुचेको सम्पूर्ण जलस्रोत भारत र भारतीय कम्पनीहरुलाई सुम्पनुपर्ने गरी सम्झौताको मस्यौदा तयार हुँदै गरेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको बैद्यले बताएका छन् ।



विज्ञप्तिमा भनिएको छ-त्यसबारेको वास्तविक यथार्थता के हो ? सरकारबाट अविलम्ब सार्वजनिक गरियोस् र कुनैपनि मूल्य मान्यतामा त्यसप्रकारको पिडिए लगायतका असमान सन्धी सम्झौताहरु नगरियोस् भनी नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’


source;onlinekhabar.com

Comments


Home: GetSubscribers_Widget

Subscribe

Learn More
Home: Contact

CONTACT

Butwal,Nepal

9867298423

Buddha Nepal

READ MORE

Your details were sent successfully!

bottom of page