top of page
Home: Blog2
Learn More

रोकिएको ए डिभिजन भोलिदेखि, मछिन्द्र र च्यासल भिड्दै

  • Writer: omprakashacharya
    omprakashacharya
  • Oct 9, 2018
  • 1 min read

२३ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपको कारण रोकिएको शहिद स्मारक ए डिभिजन लिग फुटबल भोलिदेखि पुनः सुरु हुदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भोलि (बुधबार) च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुने छन् ।


यसअघि २ खेल भएर बंगबन्धु गोल्डकपमा नेपालले भाग लिने भएपछि केही दिनको लागि लिग स्थगित भएको थियो ।

एन्फाले खेल हुने नयाँ मिति आइतबार सार्वजनिक गरेको हो । असोज २५ गते भने दुई खेल हुनेछ । पहिलो खेलमा फ्रेन्डस्  क्लबले थ्रीस्टार क्लबसँग ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, असोज २६ गते पनि २ खेल हुँदैछन् । दुबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । त्यस्तै, अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।


Comments


Home: GetSubscribers_Widget

Subscribe

Learn More
Home: Contact

CONTACT

Butwal,Nepal

9867298423

Buddha Nepal

READ MORE

Your details were sent successfully!

bottom of page